Image
  Iran war latest: Explosions reported in southern Iran as official says four sites in Bushehr struck Latest updates Missile strikes tanker off Oman's coast, UKMTO says Bahrain says air defences intercepted Iranian missile and drone attacks US ends third consecutive night of strikes on Iran IRGC says two tankers struck after attempting to transit mined route Two tankers hit by Iranian missiles, UAE says Trump says Gulf countries will reimburse US for protection Trump cargo fee would be 'fundamentally wrong', Hapag-Lloyd says Trump: 'We'll end up controlling the Strait of Hormuz' 00:19 an hour ago Pinned Four locations in Iran's Bushehr hit by projectiles, official says Four locations in the southern Iranian city of Bushehr were struck by "enemy" projectiles on Tuesday afternoon, according to a provincial official. The deputy governor of Bushehr for political and security affairs said four sites in the city were struck on Tuesday afternoon, d...

सञ्चय कोषका आचार्यले राजीनामा नदिएपछि श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको सीइओ निश्चित 

काठमाडौं, २६ चैत्र । कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्यले शुक्रबारसम्म पनि सो पदबाट राजीनामा नदिएपछि राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा वैकल्पिक उम्मेदवार किरण श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना बढेको छ । राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद खाली रहेको करिब तीन महिनापछि छनोट समितिले हालका सञ्चय कोषका प्रशासक आचार्यलाई छनोट गरेको थियो तर बैंकको सञ्चालक समिति बैठकले भने एउटै व्यक्ति दुई सरकारी पदमा रहन नसक्ने भन्दै पहिला कर्मचारी सञ्चय कोषबाट राजीनामा स्वीकृत गरेको पत्र बुझाएपछि मात्र नियुक्ति दिने शर्तमा निर्णय गरेको थियो । आज शुक्रबारसम्म पनि आचार्यले राजीनामा नदिएका कारण छनोट समितिले वैकल्पिक उम्मेदवारको रुपमा छनोट गरेका किरण श्रेष्ठ नै प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने निश्चित जस्तै भएको छ । उनलाई सम्भवतः आगामी आइतबार प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ति दिइनेछ ।
बैंकको प्रमुख कार्यकारी (सीइओ)पदका लागि आवेदन दिएका १६ उम्मेदवारमध्ये ५ उम्मेदवारलाई छनोट समितिले अन्तिम छनोटमा पारेका थिए । अन्तिम पाँचमा बैंकका निवर्तमान कार्यकारी प्रमुख कृष्णप्रसाद शर्मा, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी, कृषि विकास बैंकका नायब महाप्रबन्धक अनिल उपाध्याय, कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्य र नेपाल बैंकका पूर्व नायब महाप्रबन्धक किरण श्रेष्ठ परेका छन् । बैंकको प्रमुख कार्यकारी छनौट समितिमा अर्थमन्त्रालयका सहसचिवद्वय कृष्ण देवकोटा र निर्मलहरि अधिकारी र राष्ट्रिय वाणिज्य बैंकका संचालक बटुकृष्ण ढकाल थिए । छनोट समितिले कृष्ण आचार्यलाई प्रमुख कार्यकारी अधिकृतको लागि छनोट गरेका थिए भने लोक सेवा आयोगकै शैलीमा वैकल्पिक छनोटमा किरण श्रेष्ठलाई राखेका थिए ।
श्रेष्ठले नेपाल बैंकमा ३० वर्ष सेवा गरेका छन्। सहायक प्रबन्धकबाट २०४३ सालमा नेपाल बैंकमा प्रवेश गरेका श्रेष्ठ महाप्रबन्धक भएपछि अवकाश प्राप्त गरेका हुन् । उनले यही वर्षको सुरुमा नेपाल बैंकबाट बिदा लिएका थिए। श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट २०३८ सालमा जनप्रसाशन विषयमा स्नातकोत्तर गरेका छन्। उनको जन्म संखुवासभाको चैनपुरमा भएको हो। नेपाल बैंकमा कार्यरत हुँदा उनी नेपाल इन्स्योरेन्स, आरएमडिसी, कर्जा सुरक्षण निगम तथा कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा बैंकका तर्फबाट सञ्चालक थिए। यस्तै उनी सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा २०५१ सालमा डेढ वर्ष सिइओ बनेका थिए।

Comments

Popular posts from this blog

How to Keep Immunity Strong During the Corona virus Outbreak

Sony Xperia 1 II

Despite coronavirus concerns, Inter Milan president Steven Zhang confident Serie A season will be completed