Image
  Iran war latest: Explosions reported in southern Iran as official says four sites in Bushehr struck Latest updates Missile strikes tanker off Oman's coast, UKMTO says Bahrain says air defences intercepted Iranian missile and drone attacks US ends third consecutive night of strikes on Iran IRGC says two tankers struck after attempting to transit mined route Two tankers hit by Iranian missiles, UAE says Trump says Gulf countries will reimburse US for protection Trump cargo fee would be 'fundamentally wrong', Hapag-Lloyd says Trump: 'We'll end up controlling the Strait of Hormuz' 00:19 an hour ago Pinned Four locations in Iran's Bushehr hit by projectiles, official says Four locations in the southern Iranian city of Bushehr were struck by "enemy" projectiles on Tuesday afternoon, according to a provincial official. The deputy governor of Bushehr for political and security affairs said four sites in the city were struck on Tuesday afternoon, d...

कोरोना भाइरस : विश्‍वव्यापी महामारीको चिन्ता, इरानका उपस्वास्थ्यमन्त्री नै संक्रमित

बेइजिङ — चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस प्रकोपले विश्‍वव्यापी महामारीको स्वरूप लिने चिन्ता बढेको छ । पछिल्ला केही दिन चीनबाहिर पनि संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि यस्तो चिन्ता व्यक्त गरिएको हो । चीनले अन्य क्षेत्र र राष्ट्रमा संक्रमण नफैलियोस् भनेर रोकथाम र सुरक्षाका विभिन्न उपाय अपनाए पनि विश्वका लगभग ३४ देशमा भाइरस संक्रमण पुगिसकेको छ ।

पछिल्ला केही दिन चीनबाहेक इरान र दक्षिण कोरियाका साथै इटालीमा कोरोनासंक्रमितको संख्यामा वृद्धि भएको छ । मंगलबारसम्ममा इरानमा १६ संक्रमितको मृत्युभएको छ । यो चीनबाहिर कोरोना संक्रमणका कारण मृत्यु हुनेमध्येको सबैभन्दा ठूलोसंख्या हो । ९५ जनामा संक्रमण पुष्टि भएको इरानको स्वास्थ्य मन्त्रालयले उल्लेखगरेको छ । उपस्वास्थ्यमन्त्री एवं संक्रमण रोकथाम तथा नियन्त्रण अभियानका प्रमुखइरार हारिर्चीमा नै कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ताले जनाएकाछन् ।

कोरोना संक्रमणको प्रभाव एसियायुरोप र मध्यपूर्वमा धेरै देखिएकाले विस्तारैविश्वका विभिन्न भागमा खतरा उत्पन्न हुनसक्ने भन्दै विश्व महामारीको चिन्ता व्यक्तगरिएको छ । कुनै पनि संक्रामक रोगले विश्वमा एकैपटक खतरा उत्पन्न गरायो भनेत्यसलाई प्यान्डेमिकवा विश्वव्यापीमहामारी भन्ने गरिए पनि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस प्रकोपलाई तत्कालविश्वव्यापी महामारी घोषणा गर्ने तयारी नभएको उल्लेख गरेको छ । उसले कोरोनासंक्रमणलाई अन्तर्राष्ट्रिय आपत्‌काल भने यसअघि नै घोषणा गरिसकेको छ । इरानइटाली र दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भइरहेको प्रति हामी सचेत छौं,’ संगठनका प्रमुख ट्रेडोस अदानमगेहब्रेयससले बताएका छन् । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा कोरोना संक्रमणफैलिए नियन्त्रणमा ल्याउन अप्ठेरो हुने र त्यसले भयावहको अवस्था सिर्जना हुनेविश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ ।

Comments

Popular posts from this blog

How to Keep Immunity Strong During the Corona virus Outbreak

Sony Xperia 1 II

Despite coronavirus concerns, Inter Milan president Steven Zhang confident Serie A season will be completed